यू-१९ एशिया कप: नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २४ मङ्सिर । एसीसी यू-१९ एशिया कपमा नेपालको सेमिफाइनलको सम्भावना समाप्त भएको छ ।

समुह ए अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेपछि नेपालको सेमिफाइनलको सम्भावना सकिएको हो ।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४०.१ ओभरमा अल आउट हुदै १८८ रन बनाएको थियो ।

नेपालका लागि अर्जुन कुमालले सर्बाधिक ९१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ नदिदा नेपाल पराजित भएको थियो ।  यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले जमशिद जद्रानको १०६ रनको शतकीय पारीसँगै २६१ रन बनाएको थियो ।

समुह ए मा यो नेपालको लगातार दोस्रो हार हो । यस अघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भारतसँग मंगलबार खेल्ने तालिका रहेको छ ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तानले भने यो खेल जितेर सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । अब अफगानिस्तानले मंगलबार पाकिस्तानको सामना गर्ने छ ।

न्युज कारखाना
  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्