सुनका विभिन्न गरगहना चोरी गरेको आराेपमा तीनजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ पक्राउ छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् । 

काठमाडौं महानगरपालिका-९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्