आज विश्व माटो दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर ।  डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। 

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय  सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ ।

‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले  यही मंसिर १६ गतेदेखि नै कार्यक्रम गरिरहेको छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित शुरु भएको कार्यक्रम मंगलबारसमापन गरिँदैछ । 

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायलगायतका विषयमा प्रचारप्रसार, माटोको नि:शुल्क जाँच शिविर, विद्यार्थीलाई स्वच्छ माटोको आवश्यकताबारे जानकारी दिइरहेको छ।

केन्द्रले मंसिर १६ गते माटोको उर्वराशक्तिको महत्त्व, संरक्षण र सुधारलगायतका प्रचारप्रसारमा जोड दिएको छ। १७ र १८ गते काभ्रेपलाञ्चोकको खोपासीमा किसानको नि:शुल्क माटो परीक्षण कार्यक्रम गरेको छ। 

मुख्य दिन मंगलबार केन्द्रको खुमलटार कार्यालयमा विषेश कार्यक्रम राखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्