गुगलले कर्मचारीसँगको मुद्दा हार्दा अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

खबर बुक
  • ख-
  • ख+

क्यार्लिफोनिया, १७ मंशिर । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ । 

विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका सबै कर्मचारीहरु माझ बाँडिनेछ । कर्मचारीहरूले कम्पनीले अनुचित श्रम अभ्यास गरेको आरोप लगाएका थिए।

यो सम्झौता क्यालिफोर्नियाको अदालतमा भएको थियो। यो मुद्दा २०१६ मा दायर भएको थियो। एक कर्मचारीलाई जागिरबाट निकालिएपछि यो विवाद सुरु भएको हो । यहाँका कर्मचारीहरूले गुगल जस्तो ठूलो कम्पनीलाई धैर्य र साहसका साथ सामना गरे र झुकाउन बाध्य पारे। 

सम्झौतामा प्राप्त हुने अधिकांश रकम सरकारमा जानेछ । यसलाई गुगलका करिब एक लाख कर्मचारीमा वितरण गरिनेछ । प्रत्येक कर्मचारीले २० देखि ७० डलर पाउनेछन्।

गुगलको स्वामित्वमा रहेको कम्पनी नेस्टमा कार्यरत एक कर्मचारीले फेसबुक पोस्टमार्फत व्यवस्थापनविरुद्ध गुनासो गरेका थिए । यसपछि उनलाई जागिरबाट निकालियो । यसपछि गुगल, फेसबुक र नेटफ्लिक्स जस्ता ठूला कम्पनीहरूमा कर्मचारीहरूले प्रदर्शन गरेका थिए। धेरै ठाउँमा कर्मचारीले काम बहिष्कार गरेका थिए र पत्र पनि लेखेका थिए । जसका कारण धेरै कम्पनीबाट मानिसहरु निकालिए र धेरै ठाउँमा नीति परिवर्तन गर्नु परेको थियो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्