अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोयला निर्यातमा अबरोध, १०९ पक्राउ

खबर बुक
  • ख-
  • ख+

सिडनी, ११ मंशिर । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् ।

सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् ।जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ।

अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ।सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो।

अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३० घण्टाको नाकाबन्दीमा भाग लिएका थिए ।तर दर्जनौं प्रदर्शनकारीहरू विरोध पानीमा नै रहेर बिरोध गरी अबरोध गरे पछि १०८ जनलाइ गिरफ्तार गरिएको थियो, जसमा पाँच नाबालिग पनि समावेश रहेका छन, जसलाई पछि रिहा गरियो।

सोमबार न्यू साउथ वेल्स पुलिसको एक बयान अनुसार, बन्दरगाह च्यानल छोड्न अस्वीकार गरेको १०२ जनालाई आरोप लगाइएको छ ।

बिहीबार दुबईमा सुरु हुने वार्षिक विश्वव्यापी जलवायु परिवर्तन शिखर सम्मेलन कोप २८ भन्दा केही दिन अगाडि यो विरोध प्रदर्शन भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्