सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।

राजदूत यान्छीले आज बिहान सभामुखसँग उहाको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो ।

भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुभयाे । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयाे ।

बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गर्नुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्