भारतको जम्मु–कश्मिरमा भएको बस दुर्घटनामा ३९ जनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३० कार्तिक ।  भारतको जम्मु–कश्मिरमा हिजो भएको बस दुर्घटनामा   ३९ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । डोडा भन्ने ठाउँमा घुम्तीमा बस नमोडिँदा सडकबाट चिप्लिएर झण्डै तीन सय फिट तल खसेको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गरी प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्