चीनमा कोइला खानी भवनमा आगलागी हुदाँ ११ को मृत्यु

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ ।

चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो  ।

यो घटना स्थानिय समय अनुसार बिहान करिब ७ बजेको हो।

उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्