अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित

खबर बुक
  • ख-
  • ख+

ताइपेइ, २५ कार्तिक ।  चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ र तयसमा कुनै पनि देशको हस्तक्षेप गरेमा चीन रिसाउँछ ।

अर्कोतर्फ, ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्दछ, जहाँ तिनीहरूको आफ्नै संविधान र एक निश्चित प्रक्रिया अन्तर्गत निर्वाचित नेताहरूको सरकार रहेका हुन्छन् ।ताइवान अमेरिका र पश्चिमी देशहरूको लागि पनि धेरै महत्त्वपूर्ण छ।

यसका पछाडि दुईवटा कारण छन् । पहिलो कारण यो हो कि भौगोलिक रूपमा, ताइवानलाई प्रशान्त महासागर क्षेत्रका धेरै टापुहरूमध्ये ‘पहिलो आइल्याण्ड चेन’ भनिन्छ। यदि चीनले ताइवान कब्जा गर्छ भने प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित हुनेछ। दोस्रो कारण ताइबानको बलियो अर्थतन्त्र पनि हो ।

ताइवानले विश्व अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। यो देशमा बनेका चिप्सले विश्वको आवश्यकता पूरा गर्छ । विश्वभरका तेह्र देशहरूले ताइवानलाई छुट्टै राष्ट्र मान्छन् र यसको सार्वभौमसत्ताको सम्मान गर्छन्।

हालै अमेरिकाले ताइवानलाई सैन्य हतियार किन्न ८ करोड डलर सहयोग गरेको थियो । अमेरिकाको यो निर्णयपछि चीनले आपत्ति जनाउँदै अमेरिकाको कडा निन्दा गरेको छ । ताइवानलाई दिएको अमेरिकी सहयोग ठूलो रकम नभए पनि चीनले यस विषयमा विश्वको ध्यानाकर्षण गराउने प्रयास गरिरहेको छ । यसअघि पनि ताइवानले अमेरिकालाई सैन्य हतियारका लागि १४ अर्ब डलरको अर्डर दिएको थियो ।

बीबीसीका अनुसार चीनले अमेरिकी सहायताको विरोध गरिरहेको छ किनभने अमेरिकाले ताइवानलाई ऋणको रूपमा होइन तर कुनै सर्त बिना आर्थिक सहायता दिइरहेको छ। अझ महत्त्वपूर्ण कुरा के छ भने अमेरिकाले आधिकारिक रूपमा ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ। अमेरिकाले ताइवानलाई सैन्य हतियारको माध्यमबाट चीनको विरुद्धमा तयारी गरिरहेको विश्वास गरिन्छ ।

अमेरिकाले ताइवानलाई सहयोग पठाएको अभियानको नाम ‘विदेशी सैन्य वित्त’ हो। यस अभियानअन्तर्गत अमेरिकाले युक्रेनलाई चार अर्ब डलर सहयोग गरेको थियो । यस बाहेक अफगानिस्तान, इराक, इजरायल र इजिप्टलगायत धेरै देशहरूमा अरबौं डलर सैन्य सहायता पठाइएको थियो।

बीबीसीका अनुसार अमेरिकाले ‘विदेशी सैन्य वित्त’ अन्तर्गत सहयोग पठाएका सबै देशलाई राष्ट्रसंघको मान्यता छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्