सरकारमा रहेका दलहरूआज पनि छलफलमा

खबर बुक
  • ख-
  • ख+

असोज २१, काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँडको निर्णय गर्न सत्ता गठबन्धनमा आज पनि छलफलमा हुदै छ ।

नेताहरूका अनुसार आज सहमति गर्ने गरी छलफलको तयारी भएको छ । कार्यदलस्तरमा गठबन्धनले सिटका बारेमा छलफल गर्न लागेको २ महिना बितिसकेको छ ।

नेताहरू सिट बाँडफाँडका बारेमा आज बिहान सहमतिमा हस्ताक्षर गर्ने भन्दै हिजोको बैठकबाट उठेका थिए ।

पाँच दलमा प्रदेशसभातर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकेको बताइएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० को उम्मेदवार मनोनयनको समय निर्वाचन आयोगले पर्सिका लागि तय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्