पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  चितवनको केराबारीमा गएको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । आज बेलुकी ५ बजेतिर केराबारीमा गएको पहिरो हटाएपछि सडक केही बेरअघि खुलेको प्रहरीले जनाएको छ ।

यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ । पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ ।

लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् । राष्ट्रिय सडक र राजमार्गहरूमा भएको अवरोध केही समयमा हटाउने गरेको भए पनि ग्रामीण तथा शाखा सडकहरू बन्द रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्