राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ कार्तिक ।  राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्