इजरायली हवाई आक्रमणबाट गाजामा पचास प्रतिशत आवासीय भवन क्षतिग्रस्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,  ६ कार्तिक  ।  इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका पचास प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका छन् ।

इजरायली हवाई आक्रमणबाट एक लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएको जनाइएको छ ।

लगभग २० हजार घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्