आरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरे।रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ।
प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ।
“भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ः दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने।
अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ










