बिदाको दिनमा पनि सर्वोच्चमा बन्दिप्रत्यक्षीकरणको निवेदन दिन सकिने 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८

सर्वोच्च अदालतले दसैँको बिदाको समयमा पनि बन्दीप्रत्यक्षीकरणसम्बन्धी कुनै निवेदन भएमा दर्ता गर्न सकिने जनाएको छ ।

संविधान, कानुनको व्यवस्था र अदालतको अभ्यास अनुसार निवेदन दिने व्यवस्था मिलाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार बिदाको समयमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी थौरै सङ्ख्यामा दर्ता हुने गरेको छ ।

दसैँ बिदाको समयमा दर्ता फाँट, इजलासमा कार्यरत कर्मचारीदेखि न्यायाधीशको कार्यतालिका मिलाएर सेवा दिने व्यवस्था मिलाइएको सर्वोच्च अदालतले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्