चीनको बेइजिङमा आजदेखि बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ ।

दुई दिने फोरममा विश्वभरका एक सय ४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु एक सय जनाभन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

फोरममा बीआरआईको १० वर्षे उपलब्धि प्रतिवेदन प्रस्तुत हुनुकासाथै हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुनेछ । तेस्रो बीआरएफमा पनि भारत सहभागी नहुने भएको छ । भारत यस अघिका दुवै फोरममा सहभागी भएको थिए ।

बीआरआईका कारण १ सय ३० भन्दा बढी देशको अर्थव्यवस्था खतरामा रहेको भन्दै भारतले विरोध गर्दै आएको छ । बीआरआई अन्तर्गत चीनले विभिन्न देशलाई ऋणको पासोमा पार्दै आएको भन्दै यसको विरोध भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्