रोयटर्सका पत्रकारको मृत्यु दुःखद घटनाः इजरायली सेना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । इजरायलको सेनाले इजरायल–लेबनान सीमा नजिकै रोयटर्स पत्रकारसँग भएको घटनाबारे सचेत रहेको बताएको छ।

इजरायलको दिशाबाट प्रहार गरिएको क्षेप्यास्त्रले शुक्रबार दक्षिणी लेबनानमा अल जजीरा र एजेन्सी फ्रान्स प्रेसका एक रोयटर्स भिडियो पत्रकार इसाम अब्दल्लाहको मृत्यु भएको र छ जना अन्य पत्रकारहरू घाइते भएका छन् ।

घटनास्थलमा रहेका रोयटर्स भिडियोग्राफरका अनुसार सो घटनामा इजरायलको हात रहेको छ ।

‘हामी यसलाई हेर्दैछौं, हामी क्रस एक्जामिन गरिरहेका छौं। यो एक दुखद कुरा हो,’ इजरायली सेनाले भने।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्