कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन : गृहमन्त्री श्रेष्ठ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असोज । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज शुक्रवार दाेस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यापार घाटा कम गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले देशमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो ।

आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै उहाँले तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले विकासका निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले ‘ह्यान्डीक्याप’ र ‘सर्भिस सेक्टर’ बाट पनि नेपालले व्यापार घाटा कम सक्ने बताउनुभयाे ।

गृहमन्त्रीले सरकारको कर्तव्य देशमा उत्पादन बढाएर रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भूमिका खेल्नुभएको बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्