काङ्ग्रेसमाथि निरन्तर प्रहार बढी रहेको छ,अब वैचारिक प्रतिवाद गर्नुपर्छ: प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २६ असोज ।  नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा नेता प्रकाशमान सिंहले पार्टीमाथि निरन्तर प्रहार बढी रहेको भन्दै वैचारिक प्रतिवादनमा उत्रनुपर्ने बताएका छन् ।

आज राजधानी काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना भएको कार्यक्रममा बोल्दै उनले पार्टीको बारेमा गलत प्रचार भइरहेको भन्दै सार्वजनिक स्थल र चिया पसलमा हुने छलफलमा समेत वैचारिक प्रतिवाद हुनुपर्ने धारणा राखे ।

उनले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न पदमा बसेका नेताहरूबिच समन्वय सुमधुर हुन नसकेको बताए । सङ्घर्ष र बलिदानबाट आएको अहिलेको शासन व्यवस्था जोगाउन यस्तो विषयले असर गर्ने धारणा उनको थियो ।

काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका सिंहले सङ्गठन बिग्रियो भनेर नेतालाई गालिमात्र गर्ने छुट नभएको भन्दै पार्टीको जिम्मेवारी वहन गरेर बसेका सबैको जिम्मेवारी भएको बताए ।

उनले पार्टी सुधारका लागि जसले जहाँ अधिकार र अवसर पाएको छ त्यसको सदुपयोग भए मात्र सम्भव हुने धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्