मानव अधिकार ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुन्छ : मन्त्री गुरुङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताउनुभयो ।

मन्त्री गुरुङले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटो भन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताउनुभयो । उहाँले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताउनुभयो ।

मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १३/१४ गतेसम्म चल्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्