कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्की र गठबन्धनबाट माओवादी केन्द्रका आङ्बोकाे दाबी पेस

खबर बुक
  • ख-
  • ख+

विराटनगर , २५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् ।

उनले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।   कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरेका छन् । योसँगै कार्कीको दोहोरो हस्ताक्षर भएको छ ।

यसैबीच कांग्रेसका ८ सांसदले प्रदेश प्रमुख अगाडि नै हस्ताक्षर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्