भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन सकेन – खनाल

खबर बुक
  • ख-
  • ख+

काठमाडों, असोज २१ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाउनुभएको छ ।

पार्टीको समाजवादी जागरण अभियान अन्र्तगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारबिरुद्ध सरकारले अभियान सुरु गरेपछि बिभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताउनुभएको हो । उहाले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गर्नुभयो ।

समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उहाको भनाइ छ । खनालले अर्धसामान्ती व्यवस्था र अहिलेको पूँजिवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजविना देशलाई निकास दिन नसक्ने बताउनुभयो ।

उहाँले देशमा रोजगार नहुदाँ युवाशक्तिहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

खनालले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्