प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्छ : चित्रबहादुर केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले संघीयताका नाममा देशमा समस्या उत्पन्न भइरहेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताउनुभएको हो ।

उहाले मुलुकले संघीयता धान्न नसक्ने भन्दै प्रजातान्त्रीक बिकेन्द्रीकरण गर्न सुझाव दिनुभयो । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने महसुस जनताले गरेको उहाको भनाइ छ ।

केसीले बिकासीत देशहरु पनि एकतात्मक प्रणालीमा नै रहेको अवस्थामा संघीयतामाथि विचार गर्न सुझाव दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्