लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको – प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुराउने उदेश्यका साथ संघीय लोकतान्त्रीक व्यवस्था आएपनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताउनुभएको हो ।

स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी रहेको उहाको भनाइ छ । राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रीक व्यवस्था बलियो हुने उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघीयता सम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा बिभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गर्नुभयो । लामो संघर्षपछि प्राप्त उपलव्धीलाई जनताको हितमा इमान्दारीका साथ लागू गरेको छ कि छैन भनेर समिक्षा गर्ने बेला आएको उहाले बताउनुभयो ।

उहाले जनतामा सकारात्मक परिवर्तनको महशुस नहुदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्