काठमाडौं, असोज २० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सवै पार्टीहरुलाइ एकै ठाउ राखेर हेर्न नहुने बताउनुभएको छ ।
एमाले सम्पर्क समन्वयन कमिटिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरुलाई पार्टीहरुलाइ एकै ठाउ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताउनुभएको हो । उहाले सवै नेताहरुलाई आरोप र आशंका दृष्टिले हेर्दा समाज ठिक ठाँउमा जान नसक्ने बताउनुभयो । ओलीले चाडपर्वलाई भ्रमबाट दुर गर्ने, चेतनाको प्रकाश पुराउने माध्यमको रुपमा लिनुपर्ने धारणा पनि राख्नुभयो ।
चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।










