कोशीका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, १९ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि असोज २० गते विश्वासको मत लिने बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताउनुभएको हो । उहाले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताउनुभयो ।

कार्कीले विश्वासका मत लिने तयारी गरिरहदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले बताउनुभएको छ । उहाले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षर सहित गठबन्धनको सरकार बनाएर नै जाने बताउनुभयो ।

निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमाले सगं सत्ता साझेदार गर्दै आएको राप्रपाका कोशी प्रदेश संसदिय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले वहुमत पुर्याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताउनुभएको थियो ।

यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाउनुभएको थियो । तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेकोछ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुराउन नसक्ने अवस्था रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्