नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेरको अपिल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राणाले सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गर्नुभयो । असोज १४ गते मुसलिम समुदायलाई लक्षित गरेर सामाजिक सञ्जालमा कसैले स्टाटस लेखेपछि नेपालगञ्जमा तनाव सिर्जना भएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्