बीपी साहित्य महोत्सव समापन आज हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ३ असोज। नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदैछ ।

महोत्सव आजै समापन हुनेछ ।

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम नेपाली कांग्रेसले स्थगित गरेको थियो । सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो ।

आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ ।

साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्