भोलीका लागी बोलाएको प्रतिनिधिसभाको बैठक पर्सी बस्ने गरि सर्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ , भदौ २६ । भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्नेगरी सरेको छ ।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण भोलीका लागि तय भएको बैठक पर्सी बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन् । गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बस्ने बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्