एमालेको सचिवालय बैठक बस्दै, महासचिव पोखरेल आजै चीनबाट फर्किने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ भदौं । नेकपा एमाले सचिवालय बैठक बस्दैछ।  आज बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।

उनका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ।

नेता नेम्बाङको निधनपछि चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेलको टोली आजै स्वदैश फर्किदैछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्