अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन् ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए । टोलीका सदस्यहरु कटाएर सानो बनाउने गृहकार्य रहेकाे बताइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्