कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज

महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा परिणत भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय उद्घाटन गर्नुभएको हो । करिब एक रोपनी जग्गासहितको चार तले घर निर्माण गरी प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो । महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको प्रतिष्ठानले जनाएको छ ।

संग्रहालय निर्माण लागत रु सात करोड ११ लाख लागेको प्रतिष्ठानले जानकारी दिनुभयो । सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायतमा सामाग्री राखिएको छ भने देवकोटाको शालिक पनि राखिएको छ । सङ्ग्रहालय २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्