रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज

राप्रपा नेता रेखा थापालाई पार्टीले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो थापालाई कार्यसम्पादन समितिमा मनोनीत गर्नुभएको हो । यसअघि उहाँलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

राप्रपाको महाधिवेशनमा थापा महामन्त्री पदमा पराजित हुनुभएको थियो । थापाले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको चुनावमा मोरङ ३ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्