आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्तमा मेजरसहित दुईको मृत्यु

खबर बुक
  • ख-
  • ख+

कराँची, १६ भदौं । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी आदिवासी जिल्लामा आतंकवादीसँगको गोली हानाहानमा पाकिस्तानी सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी) आतंकवादी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएको हो।

उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मियाँ शाहमा शुक्रबार सेनाका जवानहरू गुप्तचर सूचनाको आधारमा खोजीका लागि त्यहाँ पुग्दा भिडन्त भएको थियो। घटनामा जारी विज्ञप्ति अनुसार आतंकवादीहरूले सेनाका जवानहरूलाई आक्रमण गरेपछि दुई समूहबीच गोली हानाहान भएको थियो। यस भिडन्तमा सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको थियो । मुठभेडमा एक आतंककारी पनि मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

सेनाले वजिरिस्तानमा आतंकवादलाई समाप्त गर्न अपरेशन चलाइएको बताएको छ। बिहीबार टीटीपी समूहले सेनामाथि गरेको आक्रमणमा नौ सैनिकको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्