एमसीसी कार्यान्वयनमा आशंका नगर्न सरकारकाे आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ भदौ । सरकारले एमसीसी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले एमसीसी कार्यान्वयनका बिषयमा आशंका नगर्न आग्रह गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन मुख्य बिषय भएको बताउनुभयो ।

उहाले बिस्तृत छलफलपछि सदनबाट १२ बुँदे व्याख्यात्मक घोषणा नै पारित गरिसकेको अवस्थामा यसलाई व्याख्यात्मक घोषणासहित कार्यान्वयन गरिने जिकिर गर्नुभयो । उहाले एमसीसीका बिषयमा कुनै समस्या आए पुन छलफल गरेर समाधान गरिने बताउनुभयो ।

त्यस्तै प्रवक्ता शर्माले चीनले सार्वजनिक गरिएको नक्सामा नेपालको पुरानै नक्सा राखिएको बिषयमा कुटनीतिक ढंगले नै कुराकानी गर्नुपर्ने बताउनुभयो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै भूमि व्यवस्था मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ३८ राजपत्रांकित अधिकृतस्तरका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

मन्त्रिपरिषद्ले माथिल्लो सुरिखोला जलविधुत आयोजना निर्माणका लागि गौरीशंक संरक्षण क्षेत्रको सरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्