चन्द्रमा पछि भारत अब सुर्यतर्फ, सेप्टेम्बर २ मा रकेट प्रक्षेपण गर्ने

खबर बुक
  • ख-
  • ख+

बेंगलुरु, १२ भदौं । चन्द्रयान–३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अध्ययन गर्ने भएको छ ।

भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ मा बिहान ११.५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।

अन्तरिक्ष एजेन्सीले सोशल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पिएसएलभी–सी ५७ रकेट मार्फत प्रक्षेपण गरिनेछ।

आदित्य–एल १ मिशनको लक्ष्य एल–१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सुर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्