जीवन र निर्जीवन बिमा गर्ने गरी ६ वटा लघु बिमा कम्पनीले कारोबार सुरु गरिसकेका छन्।
नेपाल बिमा प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ तीन कम्पनीलाई अनुमति दिएपछि कारोबार सुरु गरेका हुन्।
प्राधिकरणले लघु बिमा भनेर जीवनतर्फ ५ लाख र निर्जीवनतर्फ ५० लाखसम्मको सीमा तोकेको छ। तर, प्राधिकरणले यसअघि नै ठूला कम्पनीलाई पनि लघु बिमा गर्न अनिवार्य गरेको छ। कूल बिमा व्यवसायको १० प्रतिशत लघु बिमा गरेको हुनैपर्ने व्यवस्था छ।
लघु बिमा कम्पनी आइसकेपछि धेरैमा चासो बढेको छ, ठूला कम्पनीले गरिरहेको लघु बिमा के हुन्छ? र, ठूला कम्पनीले गर्ने १० प्रतिशत लघु बिमाको हिस्सा लघु बिमा कम्पनीमार्फत गर्ने कि सिधै माउ कम्पनीले नै गर्ने?
प्राधिकणले भने ठूला कम्पनीले गरिरहेको लघु बिमा व्यवसायलाई पूर्ववत अवस्थामै निरन्तरता दिनुपर्ने व्यवस्था गरेको छ।
लघु बिमा कम्पनीले कारोबार सुरु गरे पनि ठूला बिमा कम्पनीले कूल व्यवसायको १० प्रतिशत अनिवार्यरूपमा लघु बिमा गर्नुपर्ने व्यवस्था यथावत रहेको प्राधिकरण बताउँछ।










