बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

मोरङ, १२ असोज ।सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्