प्लेन कारमा ठोक्किदा मलेसियामा सांसदसहित १० को मृत्यु

खबर बुक
  • ख-
  • ख+

क्वालालम्पुर, १ भदौं । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ ।

सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जुन निकै डरलाग्दो छन् ।मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो ।

प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो ।

द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद  र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्