इक्वेडरमा राष्ट्रपति उम्मेदवार रहेका एक पत्रकारको गोली हानी हत्या

खबर बुक
  • ख-
  • ख+

क्वविटाे, २६ साउन । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो ।

समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्‍यालीको आयोजना गरेका थिए, सोही र्‍यालीमा एक संदिग्ध ब्यक्तिले उनी माथी गोली हानी हत्या गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

नयुज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्