अवसर पाउँदा कांग्रेसले हरेक सङ्कटमा मुलुकलाई निकास दिएकाे छ- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न अपिल गर्नु भएको छ ।

आज नेपाली काँग्रेस सुर्यबिनायक नगरकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले अहिले टिकटको अपेक्षा राखेर दौडधुप चलिरहेकाे तर आकाङ्क्षी धेरै हुदा सबैले पाउन नसक्ने बताउनु भएकाे छ।

नेता सिंहले टिकट नपाउदन खिन्न नभइ संस्थापक नेताहरूको जीवनीबाट सिक्न आग्रह गर्नु भएको छ । अरू जस्तो राजनीतिमा कर्म गर्न साथ फल प्राप्ति नहुने भन्दै धैर्यता राख्न उहाँले आग्रह गर्नु भएको हाे ।

दसै, तिहार, छठ, नेपाल संम्वत जतिकै महत्त्वपूर्ण पर्व मूलकका लागि आउँदै गरेको आम निर्वाचन भएकाले आगामी निर्वाचन मार्फत मूलकमा राजनीति स्थायित्व कायम राख्न रूखमा मत माग्न जनतामा जानू पर्ने उहाँले बताउनु भयाे ।

अवसर पाउँदा कांग्रेसले हरेक सङ्कटमा मुलुकलाई निकास दिएकाले अब सङ्घीयता कस्तो हुन्छ गाँउगाँउमा सिंहदरबार पुग्ने भनेको केहाे भन्ने कुरा काँग्रेसलाई अवसर दिए काम गरेर जनतालाई देखाउने समेत बताउनु भएको छ  ।

देशमा स्थिरता दिने भनेकै कांग्रेस रहेकाे भन्दै नेता सिंहले चाडपर्व सँगै काँग्रेसको पक्षमा मत माग्न गाँउबस्तिमा जान नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापारीकरण गर्ने नवधनाढ्यहरूलाई राजनीति विशुद्ध समाज सेवा हो भन्ने  पाठ सिकाउन आफूहरूले भक्तपुरबाट अभियान थाल्ने बताउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्