चिनियाँ विदेशमन्त्री गांग बर्खास्त

खबर बुक
  • ख-
  • ख+

चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ ।

गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

उहाँ सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो । गांगलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै जिम्मेवारी सम्हालेको खबरमा उल्लेख छ । वाङ यी सफल विदेशमन्त्री र राष्ट्रपति सी जिनपिङको भरपर्दो विश्वासपात्र मानिनुहुन्छ ।

चिनियाँ जनकंग्रेसकाे स्थायी कमिटीकाे स्थायी बैठकले किन गांगलाई हटाउने निर्णय गरेकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्