अमेरिकाको लुईस सेन्ट गोलीकाण्डमा १७ बर्षिय किशोर पक्राउ

खबर बुक
  • ख-
  • ख+

बाशिंगटन, ४ असार । अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो । पार्टी चलिरहेको बेला करिब एक बजे गोली चलेको थियो । मेयर टिशौरा जोन्सका अनुसार गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसैबीच, प्रहरी प्रमुख रोबर्ट ट्रेसीले आइतबार पत्रकार सम्मेलनमा भने कि यस मामिलामा १७ वर्षीय किशोरलाई हिरासतमा राखिएको छ। घाइतेहरुको उमेर १५ देखि १९ वर्षको बीचमा रहेको छ । गोली चल्दा भागदौडमा एक महिलाको मेरुदण्डमा गम्भीर चोट लागेको उनले बताए । प्रहरीले घटनास्थलबाट एआर–१५ स्टाइलको राइफल र एक थान पेस्तोलसहित केही हतियार बरामद गरेको छ । अहिले पार्टी कसले दियो भन्ने अनुसन्धान भइरहेको जनाईएको छ ।

 

मेयर जोन्सले अमेरिकामा गोलीकाण्डका घटना सामान्य बन्दै गएको बताए । उनका अनुसार अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् । जसका कारण मानिसहरु सुरक्षित महसुस गर्दैनन् । यसलाई नियन्त्रण गर्नका लागि ठुलै पहलकदमी जरुरी रहेको उनको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्