अमेरिकाको एक क्लबमा गोलाबारी हुदाँ ६ घाइते

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, २९ जेठ । अमेरिकाको ह्युस्टन सहरस्थित ट्याबु क्लब बाहिर अन्धाधुन्ध गोलीबारी भएको छ । 

आइतबार राती भएको सो गोलाबरीमा ६ जनालाई गोली लागेको  ।  आइतबार बिदा भएकाले क्लबमा भीड लागेको थियो । घटनाको समयमा क्लबको पार्किङ क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यसैबीच अज्ञात व्यक्तिले गोली चलाउन थाले र त्यसपछि उनी भागेका थिए ।

बन्दुक चलाएर प्रहरी पार्किङ क्षेत्रमा पुग्दा ६ जनालाई गोली लागेको पाइएको थियो, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेको शल्यक्रिया गरिएको छ । अभियुक्तको सुराक अहिलेसम्म फेला परेको छैन । 

ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फाइनरले भीडभाड भएको पार्किङ स्थलमा कसैले गोली चलाएको बताए । हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ नगरिएको उनले बताए 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्