अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, २३ जेठ । अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्बीमा सकुशल फर्केका छन् ।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्बजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन । उनीहरु बेइजिङ समय अनुसार हिजाे बिहान ६: ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेक हुन ।

सो मिसनका कमाण्डर फेइ भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं ।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्