आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

खबर बुक
  • ख-
  • ख+

लाहौंर, १९ जेठ । आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ ।  आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।  गुलिबाग निवासी इरफानले ६ वर्षअघि होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गरेका थिए । त्यसपछि मस्जिदमा उपस्थित तबलिगी जमातका मानिसहरूले उनलाई समातेका थिए।

आफुलाई पैगम्बर घोषणा गरेर मुस्लिम समुदाय र इस्लाम धर्म माथी चुनौती दिएको भन्दै उनलाई पक्राउ गरेर प्रहरीसमक्ष बुझाईएको थियो । तत्कालै, इरफानलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको थियो ।

तर, पाकिस्तानी आतंकवाद सबन्धी अदालतले उनलाई धार्मिक भडकाव गरेको तथा इस्लाम धर्ममाथी धावा बोलेर सिंगो मुसुलमान समुदायमाथी अपमान गरेको अभियोगमा हालै मृत्युदण्ड दिईएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्