कोलोराडोको कार्यक्रममा अमेरिकन राष्ट्रपति लडे

खबर बुक
  • ख-
  • ख+

बासिङटन डिसी, १९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन् ।  कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उनी लडेका हुन ।

उमेरले ८० वर्ष पुगेका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा उनी लडेका थिए, उनलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए ।

सो कार्यक्रममा उपस्थित रहेका ९ सय ८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठीक छन्,’

‘उहाँले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, उनी त्यसैमा ठोक्किदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक  बेन लाबोल्टले बिहीबारको सो घटनावारे ट्विटरमा लेखेका छन् ।त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले ठट्टा गरे, ‘म बालुवाको झोलामा ठाेक्किए, अनि लडे जस्तो भएँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्