भारतमा २ हजारको नोट प्रतिबन्ध

खबर बुक
  • ख-
  • ख+

नयाँ दिल्ली, ६ जेठ । भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो ।

सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।  भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २ हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् ।

रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्