कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस अगाडी

खबर बुक
  • ख-
  • ख+

नयाँदिल्ली, ३० बैशाख । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ ।

यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्