मस्कले छाडे टविटरको सिइयोको जिम्मेवारी, अब महिलालाई सिइयो बनाइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ बैशाख । सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् ।

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्रनन । यद्धपी, टविटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ ।

गत डिसेम्बरमा उनले टविटरको सिइयो छाडने घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्